देशभर फैलियो फोटोन मोटर्सको सर्भिस सेन्टर |
काठमाडौं । एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभर विस्तार गरेको छ ।
देशको अधिकांश ठाउँबाट ग्राहकले अब सेवा लिन पाउने एमएडब्लुले जनाएको छ ।
देशका २५ भन्दा बढी वर्कसपबाट ग्राहकले एक घन्टा भित्र सेवा पाउने कम्पनीका सर्भिस हेड विदेश मान सिंह डंगोलले बताए । कम्पनीले आउने बर्षमा पनि आक्रामक रुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजना बनाएको उनले बताए ।