कर्णालीमा निगमको नियमित उडान शुरू |
बाँके । नेपाल वायु सेवा निगमले कर्णालीका लागि नियमित उडान आजदेखि शुरू गरेको छ । निगमले हुम्लाको सिमिकोट, जुम्लाको खलंगा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नियमित उडान शुरू गरेको हो ।
एउटा जहाज नेपालगञ्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सेवा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए । पाइलटको अभाव, जहाजमा खराबीजस्ता कारण देखाउँदै निगमले १ महीनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन । आज निगमले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको छ ।