नेपाल बंगलादेश बैंकका दुई नयाँ शाखा सञ्चालनमा |
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले हालै दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको बुलिङटार र सल्यानको रामपुर कालिमाटीमा शाखा सञ्चालनमा ल्याएको हो ।
बुलिङटार शाखाको उद्घाटन बैंकका सञ्चालक दीपक कार्कीले गरेका हुन् भने कालिमाटीको शाखाको उद्घाटन अर्का सञ्चालक मुकुन्दनाथ ढङ्गेलले गरेका हुन् ।
बैंकले हाल देशभर रहेका ८० शाखासहित ७ एक्सटेन्सन काउण्टर, ६ शाखारहित बैंकिङ इकाइ र ५७ एटीएम काउण्टरमार्फत् आधुनिक वित्तीय सेवा सर्वसाधारणलाई प्रदान गरिरहेको छ ।