पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह |
काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच टेलिफोनमा कुराकानी भएको छ ।
उक्त कुराकानीमा गभर्नर महाप्रसाद अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउने बताएका छन् ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन् ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।