कन्काई विकासद्वारा पृथ्वी माध्यमिकलाई चेक हस्तान्तरण |
काठमाडौं (अस) । कन्काई विकास बैंकले झापाको एक विद्यालयलाई सहयोग स्वरुप १ लाख २० हजारको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको दमकस्थित पृथ्वी माध्यमिक विद्यालयलाई उक्त सहयोग गरेको हो ।
उक्त रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश मान वज्राचार्यले दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीमार्फत विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर राईलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालयले टकिङ टिचर प्रोग्राममार्फत विद्यार्थीहरूलाई सहज र सरल तरिकाले पठनपाठन गर्न सहयोग हुने देखिएकाले सोसम्बन्धी विभिन्न सामग्री तथा उपकरणहरू खरीद गर्न विद्यालयलाई आर्थिक सहयोग गरिएको हो ।