आईएमईका सेवाग्राहीलाई भेनसमा छुट |
काठमाडौं । आईएमई समूह र भेनस अस्पतालबीच उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आईएमईको तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अभिनाश श्रेष्ठ र अस्पतालको तर्फबाट अध्यक्ष राम ढकालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब आईएमईका प्रिभिलेज कार्डवाहक सेवाग्राही तथा व्यावसायिक साझेदारहरूले भेनस अस्पतालले प्रदान गर्ने स्वास्थ्यउपचार सेवा तथा सुविधामा १० प्रतिशत एवम् ग्रूपका कर्मचारीले १५ प्रतिशत छूट प्राप्त गर्नेछन् । यो सहकार्य २ वर्षसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।