एनएमबी बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा बजारमा |
एनएमवि बैंक र कर्जा बजारबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ, । अब एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा बजारमा हेर्न सकिने छ ।
सम्झौतामा बैंकका तर्फबाट गोविन्द घिमिरे, चिफ विजनेश अफिसर र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटलले हस्ताक्षर गरेका हुन् ।
ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया शुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । यो सुविधा एनएमबी भिषा क्रेडिट कार्डमा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
इच्छुक ग्राहकले बैंकको घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासंग तुलना गर्न सकिनेछ ।