विजय लघुवित्तले १० प्रतिशत बोनस शेयर दिने |
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस दिने भएको छ । संस्थाको आइतवार बसेको सञ्चालक समिति बैठकले उक्त परिमाणको लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने संस्थाले जानकारी दिएको छ ।