रन्जित आचार्यलाई प्रेसिडेन्सीयल सिटेसनद्धारा सम्मान |

सन् २०१८ अगस्टमा अमेरिकाको सिकागोमा आयोजित टोस्टमास्टर अन्तरराष्ट्रिय सम्मेलनमा रन्जित आचार्यलाई प्रेसिडेन्सीयल सिटेसनद्धारा सम्मान गरिएको छ । उक्त सम्मान कार्यक्रममा संगठनलाई निरन्तर सहयोग तथा योगदान गर्ने मानिसको सहभागिता रहेको थियो ।
प्रेसिडेन्सीयल पुरस्कारको लागि उक्त संगठनमा विशेष योगदान पुर्याएका मानिसको नाम छनौट गर्ने गरिन्छ । छनौट भएका सम्पूर्णलाई भने सम्मान गरिदैन । आचार्यको बिनम्रपन नै सम्मानीत हुनुको मुख्य कारण हो । उक्त कार्यक्रममा आचार्यले सोधिएको प्रश्नहरुको उत्कृष्ट जवाफ दिएका थिए ।

डिटीएम आचार्यले ११९७ मा काठमाडौं टोस्टमास्टर्स क्लबबाट आफ््नो यात्रा सुरु गरेका हुन् । उनले २००४ मा दोस्रो क्लबको रुपमा एभरेष्ट टोस्टमास्टर्स क्लब स्थापना गरेका थिए । सन् २००६ बाट २००८ सम्ममा आचार्यले क्लबको प्रमुखको भुमिका निभाएका थिए । उनले अन्य चारवटा क्लबको प्रायोजन गर्नुका साथै सल्लाहकारको भुमीकामा काम समेत गरेका थिए ।
त्यस्तै, उनले सन् २०१७ मा नेपालमा रहेका सम्पूर्ण टोस्टमास्टर क्लबलाई डिष्ट्रीक ४१ अन्तर्गत ल्याएका थिए । हाल आचार्यलाई डिभिजन १ अन्तरगतको एरिया २ को एरिया डारेक्टरको रुपमा नियुुक्त गरिएको छ । टोस्टमास्र्टसमा लगातार योगदान पुर्याउँदै आएका उनले एरीया डाइरेक्टर भएको समयमा थप तीनवटा क्लब स्थापना गरेका छन् ।

नेपाललाई अलग डिभीजनको रुपमा परिचित गराउँन उनले मुख्य बिन्दुको रुपमा काम गरेका छन् । हाल उनी डिभीजन एमा डिभीजन डाइरेक्टरको भुमिकामा कार्यरत छन् । टोस्टमास्टर्स प्रतिको उनको निरन्तर समर्पण, योगदानलाई कदर गर्दै उनलाई यो पद दिइएको हो । डिटीएम आचार्यले सन् २०२० सम्म नेपाललाई भिन्नै डिस्ट्रीक बनाउने लक्ष राखेका छन् ।
उनले डिस्ट्रीक ४१ का सबै सदस्यलाइै युवा लिडरप्रति केन्दिकृत हुन आग्रह गरेका छन् । उनको विचारमा नेपाल, भारत, बंगलादेश र भुटानमा संचालित विद्यालय तथा कलेजमा संचारको प्रयोग गर्न उत्साहित गरिदैन । त्यसकारण यी देशका लिडरहरुमा संचारको क्षमता कम हुने गरेको छ जुन सक्षम लिडर हुनको लागि अपूर्ण हुन्छ ।
टोस्टमास्टर क्लब एक उत्कृष्ट प्ल्याटफर्म हो जहा संचार र नेतृत्वको क्षमताको विकास स्वअध्ययनबाट गरिन्छ । आचार्यका अनुशार युवाहरुले यो मिसनको अभिन्न अंगको रुपमा रहि विभीन्न अवसरको फाइदा लिनु पर्ने बताए । टोष्टमास्टरको रुपमा आचार्यले व्यक्तिहरुको व्यक्तित्व विकास गर्न, क्षमतालाई तिखार्न तथा सफलताको बाटोमा डोर्याउन सघाउने जनाए ।
डिष्ट्रीक ४१ का बारेमा
अन्तरराष्ट्रिय स्तरमा स्थापित टोस्टमास्टर्स गैर नाफामुलक अन्तराष्ट्रिय शैक्षिक संस्थाहो । यसले मानिसको संचार क्षमतालाई अभिवृद्धि गर्न मद्धत पुर्याउँछ । यसको प्रधान कार्यालय अमेरिकाको कोलोराडोको इगलवुडमा रहेको छ । यसका १ सय ४१ देशमा रहेका सँजाल अन्तरगत १६ हजार ४ सय क्लबमा ३ लाख ५२ हजार सदस्य रहेका छन् । सन् १९२४बाट टोस्टमास्टर्सले विभीन्न पृष्ठभूमीबाट आएका मानिसहरुलाई आत्मविश्वासी, प्रस्टवक्ता तथा उत्कृष्ट लिडर निर्माणमा योगदान पुर्याउँदै आएको छ ।