बेपत्ता इण्टरपोलका अध्यक्ष होङवेई चीनको हिरासतमा |

काठमाडौं । इण्टरपोलको मुख्यालय पेरिसबाट सेप्टेम्बर २५ तारिखदेखि बेपत्ता भएका अन्तरराष्ट्रिय प्रहरी संगठन इण्टरपोलका प्रमुख मेङ होङवेइ चीनमा हिरासतमा भएको खुलासा भएको छ । चीनले होङवेइद्वारा चीनका केही कानून उल्लंघन भउकाले गरेकाले पक्राउ गरी हिरासतमा राखिएको स्वीकार गरेको छ । फ्रान्सको लियोनबाट चीन प्रस्थान गरेका मेङ चीन पुगेपछि लगत्तै बेपत्ता भएका थिए।
चीनले उनलाई कुन आरोपमा पक्राउ गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको बीबीसीले बताएको छ । चीनको जनसुरक्षा विभागका उपमन्त्री भइसकेका होङवेइ इण्टरपोलको प्रमुख हुने पहिलो नागरिक समेत हुन् ।
होङवेइ गत सन् २०१६ को नोभेम्बरमा इण्टरपोलको अध्यक्ष निर्वाचित भएका थिए । उनको कार्यकाल आगामी सन् २०२० सम्म रहेको छ ।