‘स्मार्ट चाइना एक्स्पो २०२१’मा आप्पोका नयाँ म्यागभोक सिरिज र इन-कार कनेक्टिभिटी प्रदर्शन |
काठमाडौं । ओपोले ‘स्मार्ट टेक्नोलोजी इम्पावरिङ इकोनोमी, एनरिचिङ लाइफ’ थिममा अगस्ट २३ देखि २६ सम्म चीनको चोङचिङमा आयोजित स्मार्ट चाइना एक्स्पो २०२१मा सहभागिता जनाएको छ । एक्स्पो मार्फत ओपोले आफ्ना नयाँ म्यागभोक फ्ल्याश चार्जिङ सिरिज, इन-कार कनेक्टिभिटी लगायतका प्रविधि प्रदर्शन गरेको थियो ।
ओपो स्मार्ट फोनका उपाध्यक्ष तथा अध्यक्ष हेनरी डुआनले ओपोले आईओटी तथा इन्टरनेट अफ एक्स्पेरियन्स सम्बन्धित क्षेत्रमा सफलता हात पार्दै गइरहेको बताए । उनले ओप्पोको नयाँ म्याग्नेटिक फ्ल्याश चाजिङ र इन—कार कनेक्टिभिटी टेक्नोलोजीका माध्यमबाट उपभोक्तालाई उत्कृष्टता प्रदान गर्न प्रयत्नरत रहेको पनि बताए ।
एक्स्पो मार्फत वायरलेस एयर चार्जिङ प्रविधिका साथै, ओपोले पहिलो पटक आफ्नो म्याग्नेटिक फ्ल्याश चार्जिङ प्रविधि—द ओपो म्यागभोक सिरिज पनि प्रदर्शित गरेको थियो ।
ओपोले डिजिटल कार की, ओपो फाइन्ड एक्स थ्रीमा रहेको रिमोट भेहिकल कन्ट्रोल, ओपो वाच टुमा रहेको रिमोट भेहिकल कन्ट्रोलका साथै, इन कार फ्ल्याश चार्ज लगायत इन—कार स्मार्टफोन कनेक्टिभिटीमा हासिल गरेका नौला उपलब्धीहरु पनि प्रदर्शित गरेको थियो ।
डिजिटल कार कीले प्रयोगकर्तालाई ओपो स्मार्टफोनको प्रयोग गरी ब्ल्युटूथ मार्फत सहजै आफ्ना कार अन लक गर्ने सुविधा उपलब्ध गराउँछ । यसका लागि कुनै किसिमको मोबाइल नेटवर्कको आवश्यकता नपर्ने हुँदा दैनिक प्रयोजनका लागि यसको उपयोगिता अझ सहज बनेको छ ।
ओपो फाइन्ड एक्सथ्री वा ओपो वाच टुमा रहेको रिमोट भेहिकल कन्ट्रोलले प्रयोगकर्तालाई टाढैबाट एपको सहायताबाट एयर कन्डिसनिङ अन गर्ने सहुलियत प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यसको माध्यमबाट कार धनीले टाढैबाट हर्न बजाएर आफ्नो कारको खोजी पनि गर्न सक्छन् ।
साथै, कार चलाई रहेको अवस्थामा पनि प्रयोगकर्ताले ओपोको ६५ वाट भोक यूएसबी फ्ल्याश चार्ज र ४० वाट भोक वायरलेस फ्ल्याश चार्ज सपोर्ट गर्ने ओपोको अत्याधुनिक इन—कार फ्ल्यास चार्जको पनि प्रयोग गर्न सक्छन् ।