गोर्खाज फाइनान्सको साधारण सभा आव्हान |
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले भदौ २४ गते बिहीबार छब्बीसौँ वार्षिक साधारण सभा डाकेको छ। फाइनान्सले होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे सो सभा डाकेको हो।
सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले बैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार बैशाख ५ गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।