माछापुच्छ्रे बैंकको सहयोग नेपाल प्रहरीलाई | ५५ लाख ७६ हजार रुपैयाँबराबरको विपद् उद्घार सामग्री हस्तान्तरण
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनको लागि चाहिने विभिन्न उद्घार सामग्रीहरू हस्तान्तरण गरेको छ । बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरू दिएको हो ।
बैंकका अध्यक्ष रोशन केसीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ती सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा ती सामग्री प्रदान गरेको हो ।
प्रहरी प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्घारमा खटिने प्रहरी कर्मचारीहरूलाई प्राप्त सामग्रीले थप मद्दत पुर्याउने बताए । उनले नेपाल प्रहरीलाई त्यस्ता अत्यावश्यक सामग्री प्रदान गरेकोमा बैंकप्रति आभारसमेत प्रकट गरे ।
बैंकका अध्यक्ष रोशन केसीले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्घार कार्यको प्रशंसा गर्दै सातवटै प्रदेशमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ती सामग्री उपयोगी हुने विश्वास व्यक्त गरे । जनताको सेवामा समर्पित नेपाल प्रहरीसँग हातेमालो गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको उनको भनाइ थियो ।
हस्तान्तरण गरिएका सामग्रीहरूमा भत्केका संरचनामा उद्घार तथा खोजीमा प्रयोग हुने उपकरणहरू, अग्नि नियन्त्रणका सामग्रीहरू, रोप तथा वाटर रेस्क्यूका सामग्रीहरु तथा ¥याफ्ट बोट र उक्त बोटलाई चाहिने आवश्यक उपकरणहरूलगायत रहेका छन् ।