पूर्णिमा विकास बैंकको ११ प्रतिशत लाभांश दिने प्रस्ताव |
काठमाडौं । पूर्णिमा विकास बैंकले आफ्ना शेयरधनीलाई ११.३७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले ६.३७ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरी उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण गर्ने बैंकले बताएको छ ।