भोलि २ अर्ब ८९ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक |
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार २ अर्ब ८९ करोड ६० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकले ९१ दिने अवधिको १ अर्ब र १ सय ८२ दिने अवधिको १ अर्ब ८९ करोड ६० हजार रुपैयाँबराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिलको जारी मिति असोज २३ गते मंगलवार तोकिनेछ । ट्रेजरी बिल खरिदका लागि भोली सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो ट्रेजरीको परिपक्व हुुने अवधि क्रमशः २०७५ पुुस २४ गते र २०७५ चैत १२ गते तोकिएको छ । यसअघि असोज १५ गते ९१ दिने अवधिको १ अर्ब र १ सय ८२ दिने अवधिको ३ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल राष्ट्र बैंकले विक्री गरिसकेको छ ।