सुशान्त केसीको रोजाईमा जावा पेराक मोटरसाइकल |
काठमाडौं । आमा, मायामा, साथी र बेहोस लगायतका गतीको लागि परिचित नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीले जावा पेराक मोटरसाइकल किनेका छन् । उनी भन्छन्,’पेराक मोटरसाइकल मेरोे व्यक्तित्व संग मेल खान्छ ।’
उनका अनुसार सरुमै पेराकको टेस्ट ड्राइभ गरेपछि यो आरामदायी र विलासी भएको संकेत पाएका थिए र पेराकले निकै आकषिर्त गरेको थियो ।
अग्नि मोटोइंक प्राइवेट लिमिटेड क्लासिक लिजेंड्सको आधिकारिक वितरकले जावा मोटरसाइकल १३ अक्टोबर २०२० मा र पछि जावा पेराक २०२१ मार्चमा नेपाली बजारमा ल्याएको थियो ।
नेपाली बजार प्रवेशपछि जावा मोटरसाइकलले युवाहरु र मोटरसाइकल प्रेमीहरूको निकै ध्यान तानेको छ । जावा मोटरसाइकल शहर र राजमार्गहरुमा चलाउनको लागी आकर्षक छ ।