नेप्से परिसूचक दोहोरो अंकले घट्यो, विद्युत नियमन आयोगको विज्ञप्तिपछि हाइड्रोपावरमा करेक्सन |
काठमाडौं ।विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरुमा अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेपछि बिहीबार हाइड्रोपावर कम्पनीहरुमा करेक्सन देखिएको छ।
नियमन आयोगले बुधबार विज्ञप्ति जारी गदै हाइड्रोपावर कम्पनीमा लगानी गर्दा विभिन्न १६ बुँदा अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेको थियो सो पश्चात बिहीबार लगानीकर्ता प्रोफिट बुकतर्फ लाग्दा हाइड्रोपावर कम्पनीहरुमा करेक्सन देखिएको हो।
पछिल्लो समय कारोबारमा ठुलो हिस्सा राख्दै आएको हाइड्रोपावर कम्पनीहरमा करेक्सन देखिएपछि समग्र नेप्से सूचकमा नै करेक्सन देखिएको छ।
साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २० अर्ब नाघेको छ ।
दिनभर भएका १ लाख ८८ हजार १७ कारोबारबाट २२९क म्पनीक ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ पुगेको छ ।