श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले १० प्रतिशत लाभांश दिने |
काठमाडौं । श्री इन्भेष्टमेण्ट एन्ड फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सको बिहीवार बसेको सञ्चालक समिति बैठकले ८.७७ प्रतिशत अर्थात् ७ करोड रुपैयाँ नगद लाभांश र १.२३ प्रतिशत अर्थात् ९८ लाख ५० हजार रुपैयाँ बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र २४औं वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने कम्पनीले बताएको छ ।