रामदेवको कम्पनी पतंजलीले एफपिओ जारी गर्ने |
काठमाडौं । योग गुरु बाबा रामदेवको कम्पनी पतंजली आयुर्वेदको सहायक खाद्य तेल कम्पनी रुची सोयाले एफपिओ जारी गर्ने भएको छ। उक्त कम्पनीले एफपीओको माध्यमबाट ४३ सय करोड भारतीय रुपैयाँ उठाउन भारतको पूँजी बजार नियामक निकाय, सेबीबाट अनुमति पाएको भारतीय संचार माध्यमले जनाएका छन्।
कम्पनीले यसकालागि जून महिनामा आवेदन दिएको थियो भने अगष्ट १४ मा कम्पनीलाई अनुमति दिइएको थियो ।
कम्पनीले एफपीओबाट पाउने रकम कारोबारकालागि प्रयोग गर्ने छ। केहि ऋण चुक्ता र वर्किंग क्यापिटलका आवश्यक्ता तथा अन्य कर्पोरेट उद्येश्य पुरा गर्ने भएको छ ।
सन् २०१९ मा कम्पनीले लीलामी मार्फत रुची सोयालाई पतंजलीमा गाभेको थियो । रुची सोया स्टक एक्सचेन्जमा सूचीकृत छ ।