नबिल बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता |
काठमाडौं । नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«बीच हालै उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएकोे छ । उक्त सम्झौतासँगै अब नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन् ।
सम्झौताबमोजिम नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले रेडियोलोजी, प्रयोगशाला तथा बेड चार्जमा १० प्रतिशतको विशेष छुटका साथ विकिरण चिकित्सामा ५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ । बैंकका कार्ड प्रयोगकर्ताहरुलगायत उहाँहरुको दम्पती, बालबच्चाहरू तथा आमाबाबुहरूको उपचार गर्दासमेत त्यस्तो सुविधा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
नबिल बैंक सधैं आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रखान गर्न निरन्तर रूपमा कार्यरत छ । यस सम्झौताबाट बैंकका कार्ड प्रयोगकर्ताहरूले अन्तरराष्ट्रियस्तरको स्वास्थय सेवा पाउने विश्वास बैंकले लिएको छ ।