रु रु जलविद्युतले गर्यो लाभांश घोषणा |
काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश आगामी पन्ध्रौ र सोह्रौ वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनी गत चैत २० गते देखि प्रिमियम मूल्य सहित प्रति कित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।