इन्फिनिटीमा बिलय हुन लागेको नेपाल एग्रोको नाफा ३९१.१३% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दा नेपाल एग्रो लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ३९१.१३% ले बढेर २ करोड ९९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा ६१ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी १६८.४०% ले बढेर ७ करोड ४८ लाख ४ हजार रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गर्न लागेको छ । दुवै कम्पनीको असार २१ गते भएको विशेष साधारण सभाले गाभ्नेगाभिने प्रस्ताव पारित गरिसकेको छ । इन्फिनिटीले नेपाल एग्रोलाई ०.९८ सेयर स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो । यी कम्पनीको भदौ ४ गतेदेखि एकीकृत कारोबार हुँदैछ ।