सिटी एक्सप्रेसको ५० हजार सहयोग मिर्गौलापीडितलाई | विनोद श्रेष्ठलगायत अन्य व्यक्ति र संस्थाबाट डेढ लाख सहयोग
काठमाडौं । दुवै मिर्गौला फेल भएकी फुडोमा तामाङको मिर्गौला प्रत्यारोपणका निम्ति आर्थिक सहयोग जुटेको छ । उनका दुवै मिर्गौला प्रत्यारोपणका निम्ति सिटी एक्सप्रेसले ५० हजार र इराकस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियन्ता मेन्दो गोलेलगायत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा संकलन भएको १ लाख ६६ हजार ५ सय ४१ रुपैयाँ गरी जम्मा २ लाख १६ हजार ५ सय ४१ रुपैयाँ जुटेको हो ।
उक्त सहयोग रकम सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर सीताराम कट्टेल (धुर्मुस) ले पीडित फुडोमालाई हस्तान्तरण गरेका हुन् ।