प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा २७.६०% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्रुडेन्सियल इन्सुरेन्सले १७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २७.६०% ले धेरै हो ।
अघिल्लो वर्ष कम्पनीले १ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा यसको बिमा कोषको आकार पनि १६.५०% ले बढेर ६२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ५३ करोड ५८ लाख रुपैयाँ थियो ।
यसको खुद बिमा शुल्क ४२.२७% ले बढेर ५८ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४० करोड ८८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ३७ पैसाले बढेर १७ रुपैयाँ २४ पैसा कायम भएको छ ।
अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ र जगेडा कोषमा २५ करोड ८७ लाख रुपैयाँ छ ।