नेपाल एसबिआई बैंकको नाफामा संकुचन |
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले नाफामा संकुचन आएको वित्तीय विवरण सार्वजनिक गरेको हो।
गत असार मसान्तसम्ममा बैंकले ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७४ प्रतिशत कम हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफामा संकुचन आएको हो।
सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.१४ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी २६.७१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा समेत ३८.५२ प्रतिशत घटेको छ।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ११ पैसा घटेर १० रुपैयाँ १२ पैसामा खुम्चिएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.४१ गुणा छ।