सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा सामान्य बढ्यो |
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको सोही अवधिको तुलनामा ०.७१ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
इन्स्योरेन्सले यस अवधिमा ९२ करोड ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.९३ प्रतिशतले बढी हो ।
अघिललो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ८० करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३५ करोड ३७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३३ करोड ७ लाख रुपैयाँ, बीमा कोषमा ९८ करोड ९१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा, र मूल्य आम्दानी अनुपात ३९.१९ गुणा रहेको छ ।
हालसम्म १ लाख ७६ हजार ८८२ वटा बीमालेख जारी गरी २ अर्ब ३३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा इन्स्योरेन्सका ४० हजार १३७ वटा बीमालेख नवीकरण भएका छन् ।
कम्पनीले कूल १० हजार ५०६ वटा दाबी बापत १ अर्ब २६ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८ हजार ७७ वटा दाबी बापत १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।