ङादी ग्रुप पावरले घोषणा गर्यो लाभांश, २० प्रतिशत बोनसपछि २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव |
काठमाडौं । ङादी ग्रुप पावरको २०७८ असार मशान्तसम्मको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
त्यसैगरी समितिको बैठकले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको २०० प्रतिशत अर्थात एक बराबर दुई शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ।