सेञ्चुरी बैंक र सुमेरु अस्पतालबीच सम्झौता |
काठमाडौं । सेञ्चुरी बैंक रसुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा छुटदिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत रञ्जन खड्का र अस्पतालको तर्फबाट निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका क्रेडिट र डेबिट कार्डका ग्राहकहरु तथा शयेरधनीहरुले उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न से तथा सुविधामा १० प्रतिशतसम छुट पाउने भएका छन् । साथै अस्पतालमै औषधि खरिद गर्दा ८ प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यकाबाहिर ९२ शाखा र २ वटा एक्स्टेन्सन काउण्टर, १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय २२ स्थानबाट सर्वसाधारणजनतालाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।