एसियन लाइफको नाफा ३९.८५% ले बढ्यो |
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले गत असार मसान्तसम्म ३९.८५% ले खुद नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले अघिल्लो वर्ष १८ करोड १८ लाख ६३ हजार रुपैयाँ रहेको खुद नाफा वृद्धि गरेर असार मसान्तसम्म २५ करोड ४३ लाख ४२ हजार रुपैयाँ पुर्याएको हो । खुद बिमा शुल्क आर्जन २७.८१% ले बढेर ५ अर्ब ८० करोड ३६ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
यता, जीवन बिमा कोषमा २६ अर्ब ४८ करोड ७७ लाख २० हजार रुपैयाँ र रिजर्भ कोषमा ८९ करोड ९२ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ । खुद नाफामा सुधार भएपछि एसियनको प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६१ पैसाले बढेर १२ रुपैयाँ ६५ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ३४ पैसा छ ।