एक्सेल डेभलपमेन्ट बैंकले पायो ३०% हकप्रद बिक्री गर्ने अनुमति |
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकलाई ३०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । एक्सेलले १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ ।
चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले एक्सेलले ३०% हकप्रद ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने यसको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।