सिन्धुपाल्चोकको मेलम्चीमा कृषि विकास बैंकको एटीएम |
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंकले एटीएम सेवा शुरु गरेको छ । उक्त सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
बैकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले बढीभन्दा बढी क्षेत्रहरु समेटी लगानी वृद्धि तथा अन्य थप बैंकिङ सेवा सुविधा उपलव्ध गराउने विषयमा प्रकाश पारेका थिए । उनले सुरक्षित प्रतिफलका लागि आफूसँग रहेको जे÷जति बचत छ, उक्त रकम कृषि विकास बैंकमा नै बचत गर्न अनुरोध समेत गरे ।
मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले बैंकले मेलम्ची बजारको घरआँगनमा नै एटीएम सेवा उपलब्ध गराएको हुँदा आमजनतालाई उक्त सेवाको उपभोग गर्न अनुरोध गरे ।