प्रधान सेनापतिद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

काठमाडौं । नेपाली सेनाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ को अवसरमा पृथ्वीनारायण शाह पूर्णकदको सालिक अनावरण गरेको छ ।
नारायणहिटीस्थित श्री उपत्यका पृतना हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता शाहको सालिकको एक विशेष समारोहबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले सोमबार अनावरण गरेका हुन् ।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायत अधिकारीहरुको उपस्थिति रहेको थियो ।