असोज २४ गतेदेखि ३१ गतेसम्म सार्वजनिक सवारीको रुट परमिट खुला गरिने |
काठमाडौं । दशैंमा घर जाने यात्रुहरु लाई सजिलो होस् भनेर असोज २४ गते घटस्थापनाको दिनदेखि ३१ गते महाअष्टमीको दिनसम्म सार्वजनिक सवारीको लागि रुट परमिट खुला गरिएको छ ।
दशैं तिहार र छठ जस्ता चाडपर्वहरुमा घर जाने यात्रुहरुको सहजताकोलागि लामो दुरीमा चल्ने सवारी साधनको रुट परमिट खुला गरिएको विभागले सूचना जारि गरेको छ ।
यसै सूचनालाई आधार मानी यातायात आवगमनका संगलग्न कर्मचारीहरुलाई सोही अनुसार यातायात आवगमन सहज बनाउन विभागले अनुरोध गरेको छ ।
यो समयमा कार र बाइक बोक्ने ट्रकलाई नारायणगढ−काठमाडौंसम्म सञ्चालनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।