‘जिनियस एक्सप्रेस रेमिट’को लाइसेन्स खारेज | बाँकी वक्यौता भए ३५ दिनभित्र जानकारी दिन राष्ट्र बैंकको अपिल
काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले हालै एक रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकको उक्त विभागले जिनियस एक्सप्रेस रेमिट नेपाल प्रालिको लाइसेन्स खारेज गरेको हो ।
कम्पनीले केन्द्रीय बैंकबाट रेमिट्यान्ससम्बन्धी काम गर्नका लागि स्वीकृति पाएकोमा पछिल्लो समयमा कम्पनी आफैंले लाइसेन्स खारेजीका लागि निवेदन दिएको थियो ।
राजधानीको धर्मपथमा कार्यालय रहेको उक्त कम्पनीले कसैको विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने बाँकी रहेछ भने राष्ट्र बैंकलाई ३५ दिनभित्र जानकारी दिनुपर्ने छ । नभए कम्पनी स्वतः खारेज हुने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले केही महिनाअघि मुञ्चा मनी ट्रान्सफर प्रालिको इजाजत पनि रद्द गरेको थियो । हाल नेपालमा ५० वटा रेमिट्यान्स कम्पनी सञ्चालनमा रहेका छन् ।