प्रभु लाइफ इन्स्योरेन्सकको एकै पटक पाँच ठाउँमा शाखा |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ५ वटा नयाँ शाखा तथा उपशाखाहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले महेन्द्रनगरमा शाखा कार्यालय तथा बेलौरी, लम्की, फिदिम र ईलाम उपशाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्यसहित शाखा सञ्जाल बिस्तार गरेको बताइएको छ ।
कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले महेन्द्रनगर शाखा कार्यालय, लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्की उपशाखा कार्यालय, ७ नम्बर प्रदेशका सांसद कुलवीर चौधरीले बेलौरी उपशाखा कार्यालय, फिदिम जिल्ला समन्वय समितिका प्रमुख बिष्णुप्रसाद सापकोटाले फिदिम उपशाखा कार्यालय तथा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने र ईलाम जिल्ला समन्वय समितिका संयोजक गणेश बरालले ईलाम उपशाखा कार्यँलयको उदघाटन गरेका छन्।
दुई अर्व चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीले १ अर्व ४० करोड लगानी गरेका छन्। । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने बताएको छ ।