सिनर्जी पावरले तोक्यो बुकक्लोज मिति |
काठमाडौं । सिनर्जी पावर कम्पनीले १५ औ वार्षिक साधारणसभा प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ।कम्पनीले गत लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो।
कम्पनीले आगामि भदौ १८ गते कम्पनीको १५ औ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले कम्पनीको रजिष्ट्रार्ड कार्यलय बालुवाटारमा सभा बोलाएको हो।
कम्पनीको सञ्चालक समितिले यसअघि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे।
त्यसैगरी, बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतशित अर्थात २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत समितिको रहेको छ।