हाइड्रोपावरमै देखियो आकर्षण, १५ अर्ब ४५ करोडको सेयर कारोबार |
काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ अंकले बढेको छ । यो हालसम्मकै उच्च अंक हो ।
नेप्से परिसूचक झिनो अंकले बढे पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ३८ अंकले घटेको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।
लगानीकर्ताहरु मौद्रिक नीतिको पर्खामा रहँदा शेयर बजारमा खासै ठूलो उतारचढाव देखिएको छैन। नेप्से सूचक सामान्य अंक मात्रै घटबढ भएको देखिन्छ।
मंगलबारको तुलनामा कारोबार रकम भने केही घटेको छ। मंगलबार १७ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार साढे १५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन २३० वटा कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद बिक्री भएको छ।
मंगलबार केही करेक्सन देखिएको हाइड्रोपावर कम्पनीहरुको बुधबार पुन: लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन उच्च रुपले बढ्ने कम्पनीमा धेरैजसो हाइड्रोपावर कम्पनी परेका छन्। हाइड्रोपावर उपसमूहको सूचक समेत सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
बुधबार रुरु लजविद्युत, रिद्धि हाइड्रोपावर, आइसिएफसि फाइनान्स, जिवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ९.९९ प्रतिशत र अरुण कावेली हाइड्रोपावरको ९.७८ प्रतिशतले बढेको छ।
यता जेविल्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले घटेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ३.३९ प्रतिशत, गोर्खाज फाइनान्सको ३.१६ प्रतिशत, बेष्ट फाइनान्सको ३.१६ प्रतिशत र एक्सेल डेभलपमेन्ट बेंकको ३.१३ प्रतिशतले घटेको छ।
यसैगरी बुधबार अपर तामाकोशीको सबैभन्दा धेरै ६८ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ३७ लाख, अरुण कावेली हाइड्रोपावरको ५६ करोड १२ लाख, अपि पावरको ५३ करोड १७ लाख र आइसिएफसि फाइनान्सको ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबारर भएको छ।