सामुदायिक लघुवित्तको नाफा १६०.८७ प्रतिशतले बढ्यो |
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार छ।
गत असार मसान्तसम्ममा लघुवित्तले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६०.८७ प्रतिशत बढी हो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०४.०६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापत ४ करोड २२ लाख रुपैयाँ व्यवस्था गरेको छ भने ७२ लाख ८६ हजार रुपैयाँ खराब कर्जा उठाएको छ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ३२.३२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २६.६१ प्रतिशत, निक्षेप १६.६८ प्रतिशत र कर्जा २०.०२ प्रतिशत बढेको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ १० पैसा बढेर १३ रुपैयाँ १३ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ११५.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ५१ पैसा रहेको छ।