आँखुखोला जलविद्युत कम्पनी नाफामा |
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा कम्पनीको नाफा धनात्मक भएको छ ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा १० लाख ५२ हजार रुपैयाँ धनात्मक भएको हो ।
विद्युत बिक्री आम्दानीमा गिरावट आएपनि ह्रासकट्टी खर्च घटेका कारण कम्पनी नाफामा गएको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४.४५ प्रतिशत घटेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा १४.५७ प्रतिशत घटेको छ भने अन्य आम्दानी ८०.०१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको ह्रासकट्टी खर्च ८ करोड २० लाख रुपैयाँबाट घटेर २ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको नाफा धनात्मक हुन पुगेको हो।
सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा रहेको छ। भने प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ २१ पैसा रहेको छ।