तेह्रथुम पावरको शेयर विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल |
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण शेयर विक्रीका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआईबीएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात् ८ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरूमा जारी गर्नका लागि उक्त सम्झौता गरेको हो ।
हाल उक्त कम्पनीको अधिकृत पुँजी रू. ४० करोड, जारी पूँजी रू. ४० करोड र चुक्ता पूँजी रू. २८ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा शेयर निष्कासन गरेपश्चात् कम्पनीको चुक्ता पूँजी रू. ४० करोड हुनेछ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका साविक मोराहाड्ड, श्रीजुड्ड, पौठाक र ओयाक्जुड्ड गाविसहरु हाल मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुड्डा खोला साना जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ । हालसम्मको समग्र कार्य प्रगति हेर्दा ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यस आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको अगुवाइमा नेपाल बंगलादेश बैंक लिमिटेड र जनता बैंक लिमिटेडको १ अर्ब लगानी रहेको छ ।