घोडीघोडा लघुवित्तको नोक्सानी बढ्दै |
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नोक्सानीलाई बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्त १८ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्त १२ लाख २९ हजार रुपैयाँले नोक्सानीमा थियो। कोभिड १९ को नियन्त्रणका लागि गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाको कारण लघुवित्तको कारोबारमा असर पुग्दा नोक्सानी बढेको लघुवित्तको भनाई छ।
लघुवित्तले यस अवधिमा एक करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७५ प्रतिशतले कम हो। लघुवित्तको सञ्चालन नोक्सानी पनि १८ लाख ४४ हजारबाट बढेर ५० लाख ६३ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ४.९३ प्रतिशत छ।
चुक्ता पूँजी २ करोड ७६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ५४ लाख ४१ हजार रूपैयाँले ऋणात्मक रहेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६७ पैसाले ऋणात्मक हेको छ। यस्तै प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ ३० पैसा रहेको छ।