धितोपत्र बोर्डले सबै प्रदेशमा कार्यालय खोल्ने |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्र्कीले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने योजना तय गरिएको जानकारी दिएका हुन् ।
चालू आर्थिक वर्ष भित्र प्रदेश १ मा बोर्डको शाखा कार्यालय विस्तारको काम सम्पन्न गर्ने बोर्डको योजना रहेको छ । बोर्डले पूँजीबजार सम्बन्धि पर्याप्त सूचना दिन बुधबार नयाँ अनलाईन सेवा पनि संचालनमा ल्याएको छ । लगानीकर्ताहरुका लागि पर्याप्त सूचना दिन नयाँ अनलाईन सेवा संचालन गरिएको बोर्डका अध्यक्ष कार्कीले बताए ।
बोर्डको अनलाईन सेवामा पूँजी बजारको समग्र जानकारी समावेश गरिएको बताइएको छ ।