दाङको टरिगाउँ विमानस्थलमा नेपाल वायु सेवा निगमको परीक्षण उडान सफल, एकसाताभित्रै सेवा नियमित |
दाङ । नेपाल वायु सेवा निगमले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । क्याप्टेन आङनुरी शेर्पाको समूहले मंगलवार बिहान ११ः२० मा पहिलो र ११ः३० मा दोस्रो पटक सफल परीक्षण उडान गरेको थियो ।
नेपाल वायुसेवा निगमले अब एक साताभित्र काठमाडौं–तुलसीपुर हवाई सेवा नियमित गर्ने निगमको तयारी छ ।