अरुण काबेली पावरले नाफामा छलाङ |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अरुण काबेली पावरको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले नाफा १६८.३८% ले बढाएर २८ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष यस कम्पनीले १० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपछि नाफा थप विस्तार गर्न सहयोग पुगेको हो ।
अघिल्लो वर्ष ४० करोड ७२ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर ७० करोड ६७ लाख रुपैयाँ पुर्याएको छ ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ छ । यसअवधिमा प्रतिसेयर आम्दानी १८ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा रहेको छ ।