आरएसडीसी लघुवित्तको नाफा १५.४५% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तले ९ करोड १० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १५.४५% ले बढी हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा १८.४७% र खुद ब्याज आम्दानी १५.४०% ले बढेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ । प्रोभिजनमा ३ करोड ५१ लाख ८ हजार रुपैयाँ छ भने २ करोड ४२ हजार रुपैयाँ राइट ब्याक गरेको छ । खराब कर्जा ०.७% ले बढेर ०.९९% पुगेको छ ।