जोमसोममा कृषि विकास बैंकले थाल्यो अनलाइन बैंकिङ |
काठमाडौं । मुस्ताङ जिल्लाको जोमसोममा कृषि विकास बैंकले अनलाइन बैंकिङ सेवा शुरू गरेको छ । उक्त सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले मंगलवार गरेका हुन् ।
उक्त सेवाको उद्घाटनसँगै अब त्यस क्षेत्रका सर्वसाधारण पनि आधुनिक बैंकिङ सेवाको पहुँचमा आउन सक्ने बैंकको विश्वास छ ।