मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१% बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आकर्षक प्रगति गरेको छ । यसअवधिमा संस्थाको खुद नाफा १४५.५१% ले बढेर ४४ करोड ७२ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १८ करोड २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी ७२.४५% र सञ्चालन नाफा १०२.५१% ले बढेको छ ।
यसअवधिमा संस्थाले ११ करोड ५१ लाख ५९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो । प्रोभिजनमा १७ करोड ५५ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।
असार मसान्तसम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७४ पैसाले बढेर ४४ रुपैयाँ ७२ पैसा वार्षिक पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १२ पैसा छ ।