नयाँ सारथीले खुद नाफा २६७.०३% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नयाँ सारथी लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २६७.०३% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ८८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यस लघुवित्तको खुद ब्याज आम्दानी पनि २१०.९०% ले बढेको छ ।
यता, असारसम्म आइपुग्दा कम्पनी ३८ करोड ९६ लाख सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष कम्पनी १ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफामा रहेको थियो । यो त्रैमाससम्म कम्पनीले फसेको ५६ करोड ६० लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । असारसम्म ८१ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको नयाँ सारथीले ३ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुता पुँजी २५ करोड ४९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी २० रुपैयाँ ०९ पैसाले बढाएर ४१ रुपैयाँ ५१ पैसा पुर्याएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १६२ रुपैयाँ ६७ पैसा छ ।