टीभीएस रेसिङ स्टण्ट टिमले दर्शकको मन लोभ्यायो |
काठमाडौं । टीभीएस मोटर कम्पनीले राजधानीको बग्गीखानामा नेपालमै पहिलो पटक बुधवार अपाचे प्रो परफरमेन्स कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा टीभीएस रेसिंग स्टण्ट टोलीले विभिन्न स्टण्टको प्रदर्शनी गरेको थियो ।
कम्पनीले पहिलो पटक दुई अन्तररास्ट्रिय अपाचे प्रो परफरमेन्स (एपीपी)को आयोजना गरेको हो । यही १२ र १३ गते बग्गीखाना र कीर्तिपुरमा कार्यक्रम गरिएको थियो । कम्पनीका अनुसार उक्त कार्यक्रम ३० लाख सवारी सक्रिय रहेको खुशियालीमा मनाइएको हो । कार्यक्रमले टीभीएस अपाचे प्रिमियम मोटरसाइकलको लागि एक महत्वपूर्ण आयाम थपेको कम्पनीले बताएको छ ।
रेसिंग स्टण्ट इण्डियाको चर्चित स्टण्ट टोली स्टील साइलेन्सर्जद्वारा प्रदर्शन गरिएको थियो । मोडिफाइड टीभीएस आरटीआर २०० ४ भीमा सवार यो टोलीले विभिन्न स्टन्टको प्रदर्शनी गरेको थियो क्रिस्ट पोज, कंगारू स्टम्पी, थ्रीअपटोनेर्डो, सुपर फ्लीप स्टम्पी, रोलिंग बर्नआउट र अन्य स्टन्टहरुको प्रदर्शनी गरी यो टोलीले निकै मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा १ हजारभन्दा बढी दर्शक उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।
टीभीएस रेसिङद्वारा प्रायोजित स्टील साइलेन्सर्ज फ्री स्टन्ट गर्ने जयपुर भारतको टोली हो । जसले १६०० भन्दा धेरै विश्वव्यापी स्टण्टहरू गरिसकेको छ भने इस्तानबुलमा आयोजित युरोएशिया मोटो बाइक एक्सपो २०१४÷१५ मा पनि सहभागिता जनाइसकेको छ ।
टीभी एस रेसिङले ५ स्टण्ट टोलीलाई फ्री स्टण्ट गर्न समर्थन गर्दै आएको छ । यो टोलीले अन्तरराष्ट्रिय मान्यताप्राप्त ठाउँहरूमा सफल प्रदर्शन गरिसकेको छ ।