सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता |
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनी लि. बीच अटो प्लसमा सम्झौता भएको छ।
शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखर विजयमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रा. लि. को तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार अटो प्लसमा सम्झौतामा टाटा मोर्टसद्वारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ। यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्ष सम्म लागू हुने छ।
साथै यो स्कीम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागू हुनेछ। जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर रु ३ हजार र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर रु १ हजार ५०० क्षतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाइदाहरु रहेका कम्पनीको दाबी छ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरूले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रा. लि. को आफूलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन्। अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकलाई थप सहज हुने दुवै कम्पनीको दावी छ।